नेपाली समय:

वि.सं २०८२ आषाढ २२   आइतबार

NepaliNP
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगी वार्ड स्थापना,

साउन-२३

तनहुँ- शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगी वार्ड स्थापना भएको छ।

अस्पतालमा डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।

अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेंगी फैलिएको थियो। हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेंगी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। डेंगी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन्।

7 Aug 2024 , 8:31am
हाम्रो आवाज