साउन-२८
नेपालगंज-कर्तब्य ज्यान र डाँका मुद्दाको फरार एकजना बाँके प्रहरी द्वारा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्ला बाँके खजुरा गा.पा. ५ बस्ने वर्ष ३८ को नुर हसन खाँ रहेका छन । खां लाई कर्तब्य ज्यान र डाँका मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०८०।०१।१३ गतेको फैसलाले २६ वर्ष कैद सजाय र रु. ३७,५००।- जरिवाना तोकेको थियो ।
फैसला भएदेखि खां हाल सम्म फरार रहेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले आज सोमबार उनलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।