नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

NepaliNP
एकसय ७९ जना कैदीलाई प्यारोलमा राख्न सम्बन्धित जिल्ला अदालतलाई बोर्डको सिफारिस,

 

 

असोज-९

 

काठमाडौँ -सङ्घीय प्यारोल बोर्डको बैठकले एकसय ७९ जना कैदीलाई प्यारोलमा राख्न सम्बन्धित जिल्ला अदालतलाई सिफारिस गरेको छ ।

महान्यायाधिवक्ता रमेश बडालले उक्त बोर्डको बैठकले एकसय ७९ जना कैदीलाई प्यारोलमा राख्ने निर्णय गरी सम्बन्धित जिल्ला अदालतलाई सिफारिस गरेको जानकारी दिएका छन ।

 

बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेस भई अदालतबाट सदर भएपछि कैदी जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

25 Sep 2024 , 7:43am
हाम्रो आवाज