माघ-६
काठमाडौँ । संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारमा बस्ने छ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९–०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।