नेपाली समय:

वि.सं २०८१ फाल्गुण ३०   शुक्रवार

NepaliNP
एच.पी.भि खोप अभियान- मुस्लिम धर्मगुरूहरूसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न,

माघ- १७

बाँके-जिल्ला स्वास्थ्य कार्यालय बाँके द्वारा यही माघ २२ गते देखि  सुरू हुने एच.पी.भी खोप अर्थात पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान लाई लक्षित गरी मुस्लिम समुदायका किशोरीहरूमा खोप अभियान लाई सफल बनाउन मुस्लिम समुदायका धर्मगुरुहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ।

 

बाँके युनेस्को क्लबको सहयोगमा बुधबार भएको मुस्लिम धर्मगुरुहरूसँगको अभिमुखीकरण कार्यक्रममा एच.पि.भि अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा मुस्लिम धर्मगुरू हरूको भुमिका माथि विशेष जोड दिँदै उक्त अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताएका छन् ।

 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख 'प्रवेश अलि सिद्दिकी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख 'रामबहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन 'नरेश बाबु श्रेष्ठ' खिदमत फाउन्डेसनका अध्यक्ष 'उबैदुर रहमान' लगायत अन्य व्यक्ति हरूको सहभागिता रहेको थियो। यसैगरी अभिमुखीकरण कार्यक्रमको मध्यस्थता भने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठले गरेका थिए ।

 

अभिमुखीकरण कार्यक्रममा मुस्लिम समुदायमा रहेका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका १० वर्षदेखि १४ वर्षसम्मका किशोरी र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई एच.पी.भी अर्थात् पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप प्रदान गर्ने सम्बन्धमा छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताएका छन् ।

अभिमुखीकरण कार्यक्रममा बाँकेका विभिन्न पालिकाबाट २५ जना इस्लाम धर्मगुरुहरूको सहभागिता रहेको थियो।

30 Jan 2025 , 10:23am
असलम खान