नेपाली समय:

वि.सं २०८१ फाल्गुण ३०   शुक्रवार

NepaliNP
पाकिस्तान रेल अपहरण-१०४ जना यात्रीको उद्धार,

फागुन- २८ (एजेन्सी)

पाकिस्तान रेल अपहरणमा परेका १०४ जना यात्रीलाई उद्धार गरिएको छ । बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बीएलएले रेलको ट्र्याकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ।

पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओरालेर पहाडी इलाकामा लगिएको थियो ।

त्यसपछि सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो । सोक्रममा १६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

उनीहरूले ३० सैनिकको हत्या गरेको र आफ्ना लडाकुहरूको रिहाइका लागि सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन्। सैन्य कारबाही भए सबै बन्धक मार्ने धम्की पनि दिएका छन्।

12 Mar 2025 , 11:12am
हाम्रो आवाज