नेपाली समय:

वि.सं २०८१ फाल्गुण ३०   शुक्रवार

NepaliNP
होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौंबाट १२ जना पक्राउ,

फागुन-२९

काठमाडौं । होलीको अवसरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधनमा चलाउनेमाथि प्रहरीले बिहानैदेखि कडाइ गरेको छ।

उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको छ। यसै क्रममा होली मनाउने अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ।

होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

1 day
हाम्रो आवाज