
कार्तिक-४
एजेन्सी- सानेई तकाइची देशकी पहिलो महिला प्रधानमन्त्री बनेर जापानले इतिहास रचेको छ। मंगलबार सम्पन्न संसद्को मतदानमा तकाइचीले बहुमत प्राप्त गर्दै प्रधानमन्त्री पदमा निर्वाचित भएकी हुन्।
हत्या गरिएका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक शिष्या समेत रहेकी ६४ वर्षीया तकाइचीले ४६५ सदस्यीय प्रतिनिधिसभामध्ये २३७ मत प्राप्त गरिन्। तेस्रो प्रयासमा सफल भएकी उनी जापानमा ‘आयरन लेडी’ का रूपमा चिनिन्छिन्।