नेपाली समय:

वि.सं २०८२ कार्तिक ७   बिहीवार

NepaliNP
प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप एक जना पक्राउ,

कार्तिक-५

काठमाडौं - जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २१ वर्षीय सोङ गुरूङ रहेका छन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो। 

15 hours
हाम्रो आवाज