नेपाली समय:

वि.सं २०८२ कार्तिक ७   बिहीवार

NepaliNP
चुनाव सम्पन्न गर्न भयरहित वातावरण तैयार गर्न सरकार लागिपरेको छ - प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलागि परेको बताएकी छन् । 

नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा  नेपाल संवत् न्हूदँ संरक्षण समाजले आज वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित  निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

15 hours
हाम्रो आवाज