नेपाली समय:

वि.सं २०८२ मंसिर २२   आइतबार

NepaliNP
रविसँग जाँचबुझ आयोगको सात घण्टा ,के के भयाे ?

काठमाडौँ, २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले ‘जेन–जी आन्दोलन’का क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको विषयमा गठित जाँचबुझ आयोगसमक्ष विस्तृत बयान दिए।

 

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले बुधवार दिउँसो १ बजे लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा लगेर सोधपुछ गरेको हो। आयोगले घटनाको परिस्थितिबारे केन्द्रित रहेर लामिछानेलाई लामो समयसम्म प्रश्न गरेको थियो।

 

बयानका क्रममा लामिछानेले आफू कारागारबाट बाहिर निस्कँदा त्यहाँका जेलरलाई नभेटेको र निस्कन अनुमति दिएको भनिएको पत्रबारे कुनै जानकारी नभएको दाबी गरे। उनले आफू निस्कँदा जेलर नभएको र त्यो पत्र कसरी तयार भएको थाहा नभएको दाबी गरे।

6 Nov 2025 , 1:42pm
हाम्रो आवाज