कार्तिक-२४
नयाँ दिल्ली – नयाँ दिल्लीमा बढ्दै गएको विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् ।
पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले दिनदिनै भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ।
भीडमा रहेका अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्रदर्शनमा सहभागी गराएका थिए भने ‘प्लाकार्ड’ बोकेका ती बालबालिकाहरूले वातावरण प्रदुषण नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै नारा लगाइरहेका थिए। उनीहरूले जुलुसमा बोकेका ‘प्लाकार्ड’मा लेखिएको थियो, “म सास फेर्नै नसक्ने अवस्थामा पुगेको छु।”
तीन करोड बासिन्दाहरूको विशाल क्षेत्र नयाँ दिल्ली अहिलेसबैभन्दा प्रदूषण देखिएको छ ।

