काठमाडाैं । अमेरिकी इतिहासमा सबैभन्दा लामो चलेको सरकारी ‘शटडाउन’ अन्ततः समाप्त भएको छ। बुधबार अमेरिकी कांग्रेसले शटडाउन अन्त्य गर्ने विधेयक पारित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेका हुन्।
यससँगै लगातार ४३ दिनदेखि चलेको शटडाउन समाप्त भएको घोषणा गरिएको छ। सम्झौता अनुसार, यी ४३ दिनको अवधिमा नोकरी गुमाएका संघीय कर्मचारीहरूलाई पुनः आफ्नो काममा फर्काइनेछ।

