नेपाली समय:

वि.सं २०८२ फाल्गुण १९   मंगलवार

NepaliNP
बंगलादेशमा हसिनाविरुद्धको फैसलाअघि सुरक्षा व्यवस्था कडा,

मङ्सिर-१

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा महानगरीय प्रहरी आयुक्त शेख मोहम्मद सज्जात अलीले सोमबार हुने इन्टरनेशनल क्राइम्स ट्राइब्युनलको फैसलाअघि आगजनी, पेट्रोल बम विस्फोट वा प्रहरी तथा सर्वसाधारणलाई हानि पुर्‍याउने प्रयासमा संलग्न जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश जारी गरेका छन् ।

ढाका ट्रिब्युनसँग कुरा गर्दै आयुक्तले भने, ‘मैले जनधन जोगाउन आदेश दिएको हुँ । जसले गाडी र प्रहरीमाथि पेट्रोल बम हानेर आगो लगाउँछन् वा सवारीसाधनमाथि पेट्रोल बम फाल्छन्, तिनीहरूलाई कानूनअनुसार गोली हान्न आदेश दिइएको छ ।’

17 Nov 2025 , 12:49pm
हाम्रो आवाज