पुष- १०
काठमाडौँ - क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज ईसाई धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो इसाई धर्मावलम्बीहरूको मान्यता रहेको छ।
येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिनुभएको मान्यताको आधारमा क्रिश्चियन समुदायले आजको दिनलाई 'क्रिसमस डे'को रूपमा मनाउँदै आएका छन्।

