माघ-१
काठमाडौं - नेकपा एमालेले माघ ४ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर काठमाडौंंमा ४ गते विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनको तयारीका कार्यक्रमहरू अगाडि बढाइने बताइएको छ।
जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताइएको छ। सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने छन।

