माघ- १३
काठमाडौं । कोरिया जान नपाएपछि माइतीघरमा युवाहरुले प्रदर्शन गरेका छन् । भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरू विगत ७ महिनादेखि आन्दोलनमा छ्न् ।
दुई वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरूले आज मंगलबार विरोध प्रदर्शन गरेका छन् । विभिन्न नारासहितको व्यानरसमेत बोकी प्रदर्शनमा उत्रिएका छन् ।

