फागुन- १७
काठमाडौँ -इजरायल - अमेरिका र ईरान बीच हिजोदेखि सुरु भएको तनावका कारण मध्यपूर्वतर्फका हवाई उडानहरू स्थगित हुँदा नेपाली श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।
हिजो दिउँसोदेखि मध्यपूर्वका सबै फ्लाइटहरू स्थगित भएपछि कतार, दुबई, कुवेतलगायत गन्तव्यतर्फ जान लागेका यात्रुहरू विमानस्थलमै अलपत्र अवस्थामा रहेका छन्।
आइतबार बिहान पनि मध्यपूर्व जाने अधिकांश उडानहरू रद्द देखिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार र दमाम लगायतका गन्तव्यमा हुने उडानहरू स्थगित भएका छन्।

