नेपाली समय:

वि.सं २०८३ साउन ५   मंगलवार

NepaliNP
खोटाङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु,

साउन-३

 

दिक्तेल-खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको ज्यान गएको प्रहरीले जनाएको छ।

 

शान्ता राई स्थानीय छाँगे खोलाले बगाउँदा मृत फेला परेकी हुन् भने पर्शुराम परियार गाइखुरे खोल्सीमा आएको बाढीमा बगेका थिए। खोजीका क्रममा दुवै जनाको शव फेला परेको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

1 day
हाम्रो आवाज