नेपाली समय:

वि.सं २०८३ भाद्र १०   बुधवार

NepaliNP
बक्यौता महसुल बुझाउने ग्राहकलाई जरिवाना छुट-नेपाल टेलिकम

साउन -२०
काठमाडौं-नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवा उपभोग गरेबापत तिर्न बाँकी रहेको बक्यौता महसुल भुक्तानीमा लाग्ने जरिवानामा विशेष छुट दिने घोषणा गरेको छ।

टेलिकमको केन्द्रीय कार्यालय, केन्द्रीय राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता बुझाउने ग्राहकलाई जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने व्यवस्था गरेको हो।

टेलिकमका अनुसार, यो छुट सुविधा आगामी २०८३ साल पौष मसान्तसम्म बक्यौता रकम भुक्तानी गर्ने ग्राहकहरूले मात्र पाउनेछन्।

 

 

 

 

5 Aug 2026 , 2:26pm
हाम्रो आवाज