शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन,
साउन- १७
काठमाडौं । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए ।
दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।