जापानमा सेप्टेम्बर २७ मा प्रधानमन्त्रीको निर्वाचन हुने,
भदौ- ४ (एजेन्सी)
जापानमा यही सेप्टेम्बर २७ मा प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ ।
वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोषणा गरिएको हो ।
लिबरल डेमोक्र्याटिक पार्टीको अर्को अध्यक्ष बन्ने अभियान सेप्टेम्बर १२ मा मतदानसहित सुरु हुने आन्तरिक समितिले मङ्गलबार निर्णय गरेको पार्टी अधिकारीले बताएका छन् । सन् २०२१ को अक्टोबरदेखि सत्तासिन रहहेका किशिदाले बढ्दो मूल्यलगायतका काण्डपछि भएका समीक्षामा उनीप्रतिको विश्वासमा गिरावट आएको देखिएको हो ।