नेपाली समय:

वि.सं २०८१ आश्विन ४   शुक्रवार

EnglishEN
कञ्चनपुरमा ५८ लाख बराबरको अवैध सामान बरामद,

कञ्चनपुरमा ५८ लाख बराबरको अवैध सामान बरामद,

भदौ-१८

काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाटसशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपियाँँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

 

भारतबाट अवैध रुपले नेपाल भित्र्याइएको सामान विशेष सूचनाको आधारमा ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले सामान बरामद गरेको हो । 

 

बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् । बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कञ्चनपुरमा पठाइएको छ। 

३ Sep २०२४ , २:१७pm
हाम्रो आवाज