नेपाली समय:

वि.सं २०८१ आश्विन ४   शुक्रवार

EnglishEN
राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन,

राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन,

भदौ-१९

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो ।

बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदूत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए । 

उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरू नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । 

४ Sep २०२४ , ८:०२am
हाम्रो आवाज