आइसीसी विश्वकप लिग २ :क्यानडा सँग नेपाल पराजित,
असोज- १
काठमाडौं-आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले क्यानडासँग फराकिलो हार बेहोरेको छ । नेपाल, घरेलु टोलीसँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
किङ सिटी स्थित माप्ले लिफ नर्थ वेस्ट ग्राउन्डमा रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । केही सुस्त सुरुवात गरेको क्यानडाविरुद्ध नेपालले सातौँ ओभरमा पहिलो सफलता प्राप्त गरेको थियो ।
ललित राजबंशीले दश रन बनाएका आरोन जनसनलाइ क्याचआउट गरे । प्रगात सिहं १७ रनमा संदिप लामिछानेको वलमा पवेलियन फर्किए । नभनित धालिवाल ४८ रन जोड्दै मैदान बाहिरिए ।