छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता,
असोज-१४
काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर भएको छ ।
आइतबार दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसमा पेशी तोकिएको छ ।