सुनसरीमा एक महिलाको घाँटी रेटेर हत्या,
असोज-२३
झापा- सुनसरीको इटहरी– ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन्। इटहरी– ५ शितल नगर टोलस्थित जनता कलेज दक्षिणपट्टी घर भएकी ३९ वर्षीया निलु रसाइली (रायमाझी) घाँटी रेटिएको अवस्थामा मंगलबार साँझ फेला परेकी हुन्।
साँझ ७.५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।