सप्तरीका व्यापारी आन्दोलित,
असोज-२४
राजविराज । अनुगमनको नाउँमा आफूहरुलाई चाडपर्वको बेला पनि अनावश्यक रुपमा दुःख दिन थालेको भन्दै यहाँका व्यापारीहरु आन्दोलित भएका छन् । बुधबार राजविराजमा संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरिरहँदा व्यापारीहरु भने आन्दोलनमा उत्रेका छन् ।
सो क्रममा बजार बन्द गर्दै व्यापारीहरु सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै स्थानीय प्रहरी प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।