नेपाली समय:

वि.सं २०८१ माघ ८   मंगलवार

EnglishEN
अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्न अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने,

अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्न अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने,

माघ-१

काठमाडौँ — यही माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था गरेको जनाइएको छ ।

 

 

९ Jan २०२५ , ५:५४pm
हाम्रो आवाज