नाइजेरियामा इन्धन बोकेको ट्रक विस्फोट हुँदा ७० जनाको मृत्यु,
माघ,६
लागोस । नाइजेरियाको मध्य क्षेत्रमा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । करिब ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको अंतरराष्ट्रीय सञ्चार माध्यमले जनाएका छन ।
गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।