नेपाली समय:

वि.सं २०८२ आषाढ १८   बुधवार

EnglishEN
इरानद्वारा इजरायल माथि ब्यालिस्टिक मिसाइल प्रहार,

इरानद्वारा इजरायल माथि ब्यालिस्टिक मिसाइल प्रहार,

 

जेठ -३१

काठमाडौं । इरानले इजरायलमा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । इरानी आक्रमणका कारण इजरायलको जेरुसलेममा विस्फोट सुनिएको र तेल अभिभमा कालो धुवाँ देखिएको बीबीसीका संवाददाता आयोन वेल्सले बताएका छन् ।

 

प्रतिशोधात्मक हमलापछि इजरायली अस्पतालमा ४० जनाको उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्थामा गम्भीर रहेको बताइएको छ ।

 

इरानको इस्लामिक क्रान्तिकारी गार्डको तर्फबाट जारी विज्ञप्तिमा उनीहरूले इजरायलका सैन्य केन्द्र र एयरबेससहित दर्जनौँ लक्ष्यमा हमला गरिएको उल्लेख छ । इरानले यस अभियानलाई 'ट्रु प्रमिस ३' नाम दिएको छ । विज्ञप्तिमा यस अभियानको थप विवरण पछि सार्वजनिक गरिने पनि उल्लेख छ ।

१४ Jun २०२५ , ७:०२am
हाम्रो आवाज