
आज राष्ट्रिय सभाको बैठक बस्दै,
असार-२०
काठमाडौँ - संघीय संसद् राष्ट्रियसभाको बैठक १:१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
आजको बैठकमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।