
आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना,
असार-२०
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी आज शुक्रबार बिहान कोशी,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको र केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो १२ घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएका छन्।