नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

EnglishEN
गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु,

गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु,

असार- २५

काठमाडौँ– भारतको गुजरात राज्यस्थित बडोदरा नजिकै महिसागर नदीमाथि रहेको पुरानो पुल भत्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। बुधबार बिहान सवारी साधनहरू गुडिरहेको बेला अचानक पुल भत्किएको थियो।

पुलसँगै दुईवटा ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए। घटनापछि स्थानीय बासिन्दा र उद्दार टोली सक्रिय बनेका थिए। हालसम्म ९ जनाको मृत्युभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।

 

 

९ Jul २०२५ , २:३०pm
हाम्रो आवाज