नेपाली समय:

वि.सं २०८२ साउन १९   आइतबार

EnglishEN
अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध,

अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध,

साउन- १५

 

काठमाडौँ- मुलुकभर भइरहेको अविरल वर्षाका कारण र त्यसबाट आएको बाढीपहिरोका कारण देशभरका सात वटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

 

प्रहरी प्रधान कार्यालयका अनुसार, भारी वर्षाले देशका विभिन्न भागमा सडक सञ्जालमा गम्भीर असर पुर्‍याएको छ।

 

प्रहरीले दिएको जानकारीअनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा नेपाल–चीन नाका जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अरनिको राजमार्ग

बागलुङको बागलुङ नगरपालिकामा कालिगण्डकी करिडोर

रोल्पाको परिवर्तन गाउँपालिकामा घोराही रुकुम सहिद राजमार्ग

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको बताइएको छ।

३१ Jul २०२५ , २:१९pm
हाम्रो आवाज