
सत्तासाझेदार नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बीच छलफल जारी,
साउन-१५
काठमाडौं । सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेता बिहीबार (साउन १५) छलफलमा जुटेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटारमा छलफलमा जुटेका हुन् ।
छलफलमा एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि सहभागी छन् । कांग्रेसबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त छलफल मन्त्रिपरिषद् हेरफेर गर्ने कार्य योजनामा केन्द्रित रहेको सचिवालयले जनाएको छ।