
पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँको दरले घट्यो,
साउन- १६
काठमाडाैँ – प्रति लिटर १ रुपैयाँको दरले पेट्रोलको मूल्य घटेको छ। भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।
त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।