नेपाली समय:

वि.सं २०८२ साउन १९   आइतबार

EnglishEN
१८ करोड लागतमा मधेश प्रदेश सरकारको स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु,

१८ करोड लागतमा मधेश प्रदेश सरकारको स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु,

साउन-१७

 

जनकपुरधाम- पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेश प्रदेश सरकारले  १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।

 

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो।

 

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी गराएका छन।

१५ घण्टा पहिले
हाम्रो आवाज