नेपाली समय:

वि.सं २०८२ साउन १९   आइतबार

EnglishEN
संखुवासभामा बस दुर्घटना हुँदा १४ जना घाइते,

संखुवासभामा बस दुर्घटना हुँदा १४ जना घाइते,

साउन -१७

 

सङ्खुवासभाको धर्मदेवी नगरपालिका-९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका-१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी गराएका छन।

 

घाइते हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका-९ का २३ वर्षीय सविन  विष्ट, धर्मदेवी-७ का २५ वर्षीय भवानी कार्की, सात वर्षीया असीमित भारती, नौ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी-६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका-१ का २४ वर्षीय विमल विक रहेका छन् ।

 

घाइतेमध्ये धर्मदेवी नगरपालिका-९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उहाँलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताए ।

अन्य घाइतेको वसन्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटना लगत्तै चालक सङ्खुवासभाको धर्मदेवी-६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ ।

१५ घण्टा पहिले
हाम्रो आवाज