
सुनको मूल्यमा भारी वृद्धि-तोलामा ३ हजारले बढ्यो सुनको मूल्य,
भदौ -१५
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत कारोबार दिन शुक्रबारको तुलनामा नेपाली बजारमा छापावाला सुनको मूल्य ३ हजारले बढेको हो ।
अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ६ सय रहेकोमा आज मूल्य वृद्धि भइ २ लाख ३ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।