.jpg)
खोटाङका जिल्ला शिक्षा अधिकारीसहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता,
भदौ -१५
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जना विरुद्धमुद्दा दर्ता गरेको छ। आइतबार जिल्ला शिक्षा अधिकारी डा.गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
हलेसी तुवाचुङ नगरपालिका-४ को लक्ष्मी माध्यामिक विद्यालयको भवन निर्माणमा भएको आर्थिक अनियमितताको विषयलाई लिएर मुद्दा दर्ता गरिएको अख्तियारले विज्ञप्ति मार्फत जनाएको छ।