नेपाली समय:

वि.सं २०८२ चैत्र ३   मंगलवार

EnglishEN
कङ्गोमा इबोला भाइरसको नयाँ प्रकोप- १५ जनाको मृत्यु,

कङ्गोमा इबोला भाइरसको नयाँ प्रकोप- १५ जनाको मृत्यु,

भदौ-२०

एजेन्सी – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको नयाँ प्रकोपको घोषणा देखापरेको छ।

इबोला भाइरसको नयाँ प्रकोपले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

राजधानी किन्शासामा पत्रकारहरुसँग कुरा गर्दै त्यहाँका स्वास्थ्यमन्त्री स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताएका हुन्।

५ Sep २०२५ , ७:१०am
हाम्रो आवाज