नेपाली समय:

वि.सं २०८२ कार्तिक १०   आइतबार

EnglishEN
जेन-जी आन्दोलनका सहिदको बलिदान नबिर्सौं भन्दैमाइतीघर मण्डलामा प्रदर्शन,

जेन-जी आन्दोलनका सहिदको बलिदान नबिर्सौं भन्दैमाइतीघर मण्डलामा प्रदर्शन,

कार्तिक-७

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको बलिदान नबिर्सौं’ भन्दै शुक्रबार माइतीघर मण्डलामा जेन्जी समूहका युवाहरूले प्रदर्शन गरेका छन्।

‘जेनजी युनाइटेड’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा बालबालिका, सर्वसाधारण र सहिद परिवारका सदस्यहरू पनि सहभागी थिए।

प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘सहिदहरूको रगत नबिर्स’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीहरूले जेनजी आन्दोलनका सहिदहरूको बलिदान खेर जान नदिन सरकार र नागरिकलाई खबरदारी गरेका छन।

१ दिन पहिले
हाम्रो आवाज