राष्ट्रिय परिचयपत्र भएकाहरू अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न पाउने,
कार्तिक-२८
राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले अब नयाँ व्यवस्थाअनुसार मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औंठा छाप र तस्वीर) विवरण दिनु पर्ने बाध्यता हटेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको प्रयोजनको लागि लिएको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेपछि मतदाता नामावलीमा नाम दर्ता थप सहज बनेको हो ।
यो व्यवस्थाले हालसम्म नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

