नयाँ दल दर्ताको समयसिमाआज सकिँदै,
कात्तिक ३०
काठमाडौं-दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समय अवधि आज सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको छ । यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् ।
केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ । जम्मा संख्याको टुंगो आज लाग्ने छ ।

