नेकपा एमाले महाधिवेशन अपडेट-आज उम्मेदवारको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशन हुने,
मङ्सिर -२९
आइतबारबाट सुरु भएको नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता र अन्तिम नामावली आज प्रकाशन हुने कार्यक्रम रहेको छ।
निर्वाचन तालिकाअनुसार आज उम्मेदवारको मनोनयन दर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।

