नेपाली समय:

वि.सं २०८२ पौष २४   बिहीवार

EnglishEN
६५ लाख चोरीको रकमसहित एकजना पक्राउ,

६५ लाख चोरीको रकमसहित एकजना पक्राउ,

पुस-१६

दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो । केसी सोमबार राति मात्र काठमाडौंबाट घर फर्किएका हुन् ।

 

उनले चोरी गरिरहेको सीसीटीभी फुटेजका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

३१ Dec २०२५ , ३:४५pm
हाम्रो आवाज