विधि विपरीत समानुपातिकमा नाम परे काटिने छ-रवि लामिछाने,
पुष -१६
पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले विधिभन्दा बाहिरको समानुपातिकको नाम काटिने बताएका छन् ।
पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममापुर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले समय कम हुँदा समानुपातिक सूचीमा धेरै काम गर्न नसकिएको स्वीकार गरे ।
‘पर्न नहुने मान्छे परेको रहेछ । कुनै पनि हिसाबले त्यो विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ । मैले निर्देशन नै दिइसकेको छु’, रविले भने ।

