नेपाली समय:

वि.सं २०८२ पौष २४   बिहीवार

EnglishEN
बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारीमा एक जनाको मृत्यु,

बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारीमा एक जनाको मृत्यु,

पुष -२०

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ६१ वर्षीय मरिचमान भण्डारी रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जनाएका छन् ।
गाई चराउन गएको बेला शनिबार दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगलमा उनीमाथि बाघले आक्रमण गरेको थियो ।

४ Jan २०२६ , ५:५५am
हाम्रो आवाज