नेपाली समय:

वि.सं २०८२ पौष २४   बिहीवार

EnglishEN
बेलायत पठाइदिने भन्दै ठगी गर्नेहरु पक्राउ,

बेलायत पठाइदिने भन्दै ठगी गर्नेहरु पक्राउ,

पुष-२१

काठमाडौं - वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका-१५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी गराएका छन् ।

५ Jan २०२६ , ४:५४pm
हाम्रो आवाज